Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


सिन्धुली—खुर्कोट सडकमा १८ सिटभन्दा माथिका बस चलाउन प्रतिबन्ध


0
Shares

यातायात व्यवस्था विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त टोलीले सोमबार गरेको अनुगमनपछि सम्बन्धित रुटमा इजाजत नपाएका सवारी–साधन सन्चालनमा रोक लगाइएको हो ।

बीपी राजमार्गको सिन्धुली—खुर्कोट सडकखन्ड उकालो–ओरालो र घुमाउरो भएकाले ठूला सवारी–साधन सन्चालन गर्दा दुर्घटना बढेको भन्दै स्थानीय प्रशासनले ठूला सवारी–साधन सन्चालनमा रोक लगाएको हो ।

राजधानी काठमाडौंलाई पूर्वी तराईका जिल्लासँग छोटो दूरीमै जोड्ने उद्देश्यले निर्माण गरिएको बीपी राजमार्गमा दैनिक तीन हजारको हाराहारीमा यातायातका साधन सन्चालन हुँदै आएका थिए ।