४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


नोबेल शान्ति पुरस्कार विजेता लीउ आन्द्राको क्यान्सर भएपछि जेलबाट रिहा


0
Shares

बृहत् प्रजातन्त्रतको माग राखेको अभियोगमा मानवअधिकार अभियानकर्ता लीउलाई सन् २००९ मा पक्राउ गरिएको थियो ।

एक महिनाअघि क्यान्सर लागेको पत्ता लागेका लीउको उत्तरी लिआवनिङ प्रान्तको अस्पतालमा उपचार भइरहेको उनका वकिलले बताएका छन् ।

सन् १९८९ मा बेइजिङको तियानमेन स्वायरमा भएको प्रदर्शनमा ६१ वर्षीय लीउ मुख्य नेता थिए ।

लीउले सन् २०१० मा नोबेल पुरस्कार जितेपछि उनकी श्रीमतीलाई पनि बिनाअभियोग घरमै नजरबन्दमा राखिएको छ ।

तर, चिनियाँ सरकारले भने उनलाई नजरबन्दमा राख्नुको कारण भने अहिलेसम्म बताएको छैन । (एजेन्सी)