रुक्मांगद कटवाल ट्रष्टलेले सर्वोच्च शिखर सगरमाथामा नेपाली झन्डा फहराएका पेमादोर्जे शेर्पालाई सम्मान गर्न सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधान सेनापपति क्षत्रीले ‘नेपाली सेना रहेसम्म देशको शीर झुक्न दिँदैन’–भने ।
कार्यक्रममा पूर्वप्रधान सेनापति रुक्मांगद कटवालले नेपाल र नेपालको मान राख्ने व्यक्तिलाई राज्यले सेवा–सुविधाको ‘ग्यारेन्टी’ गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा बिनाअक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गर्ने आङ्रिता शेर्पा, कान्छीमाया तामाङ, माया गुरुङ, दिनेश तामाङलगायतलाई पनि सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्