Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


प्राविधिक नपुग्दा पुनर्निर्माणको काम सुरु हुन सकेन


0
Shares

राज्यले निर्धारण गरेको भूकम्प प्रतिरोधी घरको नक्सा र प्राविधिक नआएका कारण घर निर्माण गर्न नसकिएको भूकम्प प्रभावितहरुको भनाइ छ । भूकम्प गएपछि निरीक्षण गर्न पुगेका प्राविधिकले विपन्न माझी समुदायको बसोबास भएको रजगाउँमा घर निर्माणका लागि योग्य जमिन नभएको बताए पनि त्यसपछि प्राविधिक फर्केर गएका छैनन् ।

जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापले त्यहाँको बस्ती स्थानान्तरणका लागि जग्गाको ब्यवस्था गर्ने बताए पनि अहिलेसम्म ब्यवस्था नगरेकाले आफूहरु पालमूनि नै बस्न बाध्य भएको स्थानीयको गुनासो छ ।

१ सय २५ घरमध्ये १ सय २३ घर माझी समुदाय रहेको रजगाउँमा भूकम्पले ७० घरमा पूर्णरुपले क्षति पुगेको थियो । निजी आवास निर्माणका लागि सरकारले दिने भनेको अनुदानको पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ लिए पनि गाउँमा प्राविधिक नपुग्दा घर निर्माण हुन नसकेको हो ।