४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


ब्राजिलका राष्ट्रपतिमाथि घुस लिएको आरोप


0
Shares

राष्ट्रपति टेमेरले मासु उत्पादक कम्पनी जेबीएसका अध्यक्ष जोस्ली बाटिस्टासँग घुस लिएको दाबी अभियोजनकर्ताको छ । टेमेरले भने उक्त आरोप अस्वीकार गरेका छन् ।

आरोपसम्बन्धी दस्तावेज सर्वोच्च अदालतका न्यायाधीशलाई सुम्पिएको बताइएको छ । अदालतले यो मुद्दा संसद्को तल्लो सदनमा पठाउन सक्ने अनुमान गरिएको छ । यसपछि तल्लो सदनमा राष्ट्रपतिविरुद्ध मुद्दा चलाउने विषयमा मतदान हुनेछ ।

गत वर्ष राष्ट्रपतिको पद सम्हालेपछि पनि टेमेरमाथि भ्रष्टाचारको आरोप लागेको थियो । तर अहिले भने उनीविरुद्ध औपचारिक रुपमा मुद्दा चलाउने प्रयास गरिएको छ । टेमेर ब्राजिलमा अलोकप्रिय नेता मानिए पनि उनको पार्टीले गठबन्धन सरकारको नेतृत्व गरेको छ ।

विपक्षीहरुले उनीविरुद्ध महाभियोग लगाउन र मध्यावधि चुनाव गर्न माग गरेका छन् ।