मुग्लिनबाट तीन किलोमिटर दक्षिण नारायणगढतर्फ पहिरो खसेको हो । नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिरो पन्छाउन दुईओटा लोडर परिचालन गरिएको थियो ।
सडक अवरुद्ध भएपछि अनुगमनका लागि चितवन आउँदै गरेको व्यवस्थापिका संसद, विकास समितिका सभापति रवीन्द्र अधिकारी तथा सदस्यद्वय गुरु बुर्लाकोटी र प्रकाश अधिकारी शर्मासहितको टोली बाटोमै अलपत्र परेको थियो ।
सडक अवरुद्ध भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि घर जाँदै गरेका सयौं मतदाता अलपत्र परेका थिए ।
सडक सन्चालनमा आएसँगै पत्रकारसहित आएको संसदीय टोलीले अनुगमनकार्यलाई अगाडि बढाएको छ ।
रोकिएका सवारी–साधन पनि पहिरो पन्छाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर खनालकाअनुसार सो सडकमा समय–समयमा पहिरो खस्ने समस्या देखिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । रासस
तस्वीरः राजु चौधरी/इमेज ।










प्रतिक्रिया दिनुहोस्