Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


पहिरोका कारण १०० बढी मतदाता बीच बाटोमै अलपत्र


0
Shares

फक्ताङलुङ गाउँपालिका–३ मा सोमबार राति अविरल वर्षासँगै खसेको पहिरोका कारण मतदानका लागि गाउँ हिँडेका १०० जनाभन्दा बढी बीच बाटोमै रोकिएका हुन् ।

पहिरोका कारण करिब १० मिटर बाटो भत्किएको छ । दर्जनौं सवारी–साधन बीच बाटोमै रोकिएका छन् ।

बीच बाटोमै रोकिएपछि लेलेप, तापेथोकलगायत माथिल्लो बस्तीका मतदाताले मतपत्र लिन नभ्याउन अवस्था बनेको छ ।

उनीहरुका लागि फोटोसहितको अरु सरकारी कागजातको आधारमा मतदान गर्न पाउने व्यवस्था गरिने जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारीले जानकारी दिए ।