४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


सिरियामा हुनसक्ने रासायनिक हमलाको ‘संभावित’ तयारीबारे अमेरिकाको कडा चेतावनी


0
Shares

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिरियाले यस्तो घातक हमलाको तयारी गरिरहेको सूचना अमेरिकाले प्राप्त गरेको जानकारी दिएको हो ।

ह्वाइट हाउसले सिरियाली राष्ट्रपति असदले गत वर्षपनि यस्तै हमला गरेका थिए र अहिलेपनि उनले त्यो घातक हमलाको लागि भित्रभित्रै तयारी गरिरहेको र जसबाट कैयौँ सर्वसाधारणको ज्यान जाने उल्लेख गरेको छ ।

ह्वाइटहाउसले मंगलबार (आज) प्रकाशन गरेको विज्ञप्तिमा यदि त्यस्तो भयो भने यसबाट सिरियालाई ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावानी दिइएको छ ।

ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले विज्ञप्ति प्रकाशन गरी भनेका छन् – ‘असदले अर्काे शक्तिशाली रासायनिक हतियार आक्रमणको योजना बनाएको छ र यसबाट आम नरहसंहार हुने देखिएको छ ।’

‘यदि त्यसो भयो भने सिरियाले महंगो मूल्य चुकाउनुपर्ने हुनसक्छ’–उनले सो विज्ञप्तिमा भनेका छन् । यसअघि पनि सिरियाले गरेको यस्तै आक्रमणमा बालबालिका, महिला लगायत निर्दाेष नागरिकको ज्यान गएको थियो ।

सिरियामा ६ वर्षभन्दा लामो समयदेखि हिंसा मच्चिएको छ । सो हिंसामा परी तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ ।

सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजिनामाको मागगर्दै सुरु भएको प्रजातान्त्रिक आन्दोलनले पछि हिंसात्मक रुप लिएको थियो । हाल त्यहाँ गृहयुद्ध नै चलिरहेको छ र दिनहूँजसो नागरिकको ज्यान जाने गरेको छ । रासस/एएफपी