Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


दोलखामा पहिरो जाँदा एक जनाको मृत्यु, एकै परिवारका तीन बेपत्ता


0
Shares

राति करिव साढे १ बजे घरमाथिबाट आएको पहिरोले ३५ वर्षीया शान्ति थामीको मृत्यु भएको हो । उनको शव आज बिहान फेला परेको हो । पहिरोले ७९ वर्षीया लाटी थामी, शान्ति थामीका १२ वर्षीया छोरी रोशनी र १० वर्षीया छोरी सन्तोषी थामी बेपत्ता भएका हुन् ।

अविरल वर्षासँगै आएको पहिरोले घर बगाएर क्याङथली खोलामा पुर्‍याएको छ । शान्तिका छोरा मंगले थामी भने पहिरो जाने समयमा शौचालय गएका कारण बाँच्न सफल भएका छन् ।

गाउँमा ठूलो पहिरो गएपछि कुटकुटेका स्थानीयले सुर्के मावि भण्डारेमा पुगेर रात बिताएका छन् । पहिरोले त्यहाँका १८ घर उच्च जोखिममा परेका छन् ।