४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


ब्राजिलमा राहदानी वितरणमा अस्थायी रोक


0
Shares

संघीय प्रहरीले आवेदन स्वीकार गरेको ६ दिनभित्र राहदानी जारी गर्ने व्यवस्था भए पनि बजेट कटौतीका कारण समस्या भएको भन्दै आवेदन लिन बन्द गरिएको छ ।

ब्राजिल एक दशक यता आर्थिक मन्दीको मारमा पर्दै आएको छ । बजेट कटौतीमा ब्राजिलका राष्ट्रपति माइकल टेमेरलाई जिम्मेवार ठह¥याइएको छ ।

सरकारले भने यसै हप्ता बस्ने संसद् बैठकमा यो विषयमा छलफल गरी आपतकालीन विधेयक पारित गर्ने तयारी भइरहेको जनाएको छ । (एजेन्सी)