Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


दोस्रो चरणमा ७३.६९ प्रतिशत मतदान : आयोग


0
Shares

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा ७३ दशमलव ६९ प्रतिशत मतदान भएको हो । आयोगले यसअघि बुधबार प्रारम्भिक तथ्यांक भन्दै ७० दशमलव ५ प्रतिशत मतदान भएको जनाएको थियो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा प्राप्त विवरणअनुसार प्रदेश नम्बर १ मा ७२.४९, प्रदेश नम्बर ५ मा ७५.३४ र प्रदेश नम्बर ७ मा ७३.०५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।