Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


सिन्धुलीमा जिप दुर्घटना, एकको मृत्यु, २० जना घाइते, तीन घाइतेलाई काठमाडौं लगियो


0
Shares

दुर्घटनामा परी सिन्धुलीमाडीका विनोद मगरको मृत्यु भएको हो ।

सिन्धुलीबाट महोत्तरीको बर्दिबासतर्फ गइरहेको ज१च १२९७ नम्बरको मालबाहक जिप सडकबाट करिब १०० मिटर खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका तीनजनालाई नेपाली सेनाको हेलिकेप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।

सिन्धुलीमाडीस्थित गौमती उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु बीपी राजमार्गबाट सो मालबाहक जिप चढेर आफ्नो घरतर्फ जाँदै गरेका थिए ।