
पोखरा, माघ १९ । वन तथा वातावारणमन्त्री शक्ति बस्नेतले अबको ६ महिनाभित्र सरकारका कामको परिणाम देखिने दाबी गरेका छन् ।
२३औं विश्व सिमसार दिवसको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार कानुन निमार्णमा केन्द्रित हुनुपरेकाले तत्कालै परिणाम नदेखिएको बताए ।
मन्त्री बस्नेतले सिमसार क्षेत्र घोषणा गरे पनि जग्गा विवाद, भूक्षय, सडक निर्माणजस्ता कारण तालको अस्तित्व संकटमा पर्दै गएकाले यसतर्फ सरकारले उचित कदम चाल्ने उल्लेख गरे ।
सिमसार क्षेत्रलाई व्यवस्थित गर्दै यसलाई आय–आर्जनको माध्यमकारुपमा विकास गर्नेगरी काम भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा गन्डकी प्रदेशका वातावरणमन्त्री विकास लम्सालले ताल संरक्षणका लागि खोलिएका नाममात्रका संस्थाहरुलाई प्रदेशमा प्रतिबन्ध लगाइने बताए ।
यसैबीच, विभिन्न १३ ओटा संस्थाहरुले पोखराका तारे होटलमा कार्यक्रम गरी २३औं विश्व सिमसार दिवस मनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्