
विक्रम खड्का (इमेज)
डोटी, माघ १९ । डोटीमा मृत अवस्थामा चितुवा फेलापरेको छ ।
दिपायल सिलगढी नगरपालिका–८, लडागडाको टिमुरदह गाउँनजिकै ब्रमन्डी सामुदायिक वन क्षेत्रमा मरेको पोथी चितुवा फेलापरेको हो ।
मृत चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याइने जनाइएको छ ।
चितुवा अन्दाजी तीन वर्षको रहेको र शरीरमा घाउचोट देखिएको छ ।
जिल्ला सदरमुकाम ल्याइ पोस्टमार्टम गरेपछिमात्रै मर्नुको कारण यकिन गर्नसकिने सिलगढी सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत भोजराज शर्माले बताए ।
वन क्षेत्रको खोल्सोमा चितुवा मृतावस्थामा भेटेपछि सो सामुदायिक वनका अध्यक्ष झन्कर साउदले डिभिजन वन कार्यालय र सिलगढी सबडिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए ।
पोस्टमार्टमपछि डिभिजन वन कार्यालयको परिसरभित्रै नस्ट गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्