विक्रम खड्का (इमेज)
डोटी, माघ १९ । नेपाल विद्यार्थी संघ डोटीले शनिबार अछामको मेललेक गाउँपालिकाको एउटा गाडीमा तोडफोड गरेको छ ।
डोटीको सिलगढी हुँदै अछाम गइरहेको गाउँपालिकाका उपाध्यक्ष सवार बा२झ ४१८८ नम्बरको स्कारपियोमा तोडफोड गरिएको हो ।
सरकारको विरोधमा शनिबार सरकारी सवारी–साधन चल्न नदिने नेविसंघको निर्णय भन्दै सेतो नम्बरप्लेट भएका सवारी–साधन सन्चालनमा रोक लगाइएको थियो ।
गाउँपालिकाको गाडीले त्यसको अवज्ञा गरेको भन्दै तोडफोड गरेको नेविसंघका डोटी अध्यक्ष गणेश खड्काले बताए ।
तोडफोडपछि गाउँपालिकाको उक्त स्कारपियो प्रहरीले सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्