४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


चिकित्सकको भेषमा अस्पतालमा हमला, हमलाकारीद्वारा आत्महत्या


0
Shares

न्यूयोर्क प्रहरीका कमिश्नरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार ती हमलाकारीले आफूलाई नै गोली हानेर आत्महत्या गरेका छन् ।

ती बन्दुकधारीको नाम हेनरी बेलो रहेको जनाइएको छ । अधिकारीहरुका अनुसार हमलामा घाइते हुनेमा तीन चिकित्सक छन् । एक हजार शैय्याको सो अस्पतालको १६ औं र १७ औं तलामा हमला भएको थियो ।

हमलाकारी सोही अस्पतालका पूर्व चिकित्सक रहेको बताइएको छ । उनी यौन दुर्व्यवहारको एउटा आरोपपछि दुई वर्षअघि सो अस्पतालबाट निकालिएका केही संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)