४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


उत्तर कोरियालाई चेतावनी दिदैं अमेरिकी राष्ट्रपतिले भने– धैर्यको समय अब सकियो


0
Shares

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हामी सबैले एउटा बर्बर र गैरजिम्मेवार शासनको खतरा सामना गरिरहेका छौं ।’

उनले उत्तर कोरियालाई चाँडो सही बाटोमा फर्कन सुझावसमेत दिए ।

अमेरिका भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति इनले भने उत्तर कोरियाली नेतासँग छलफल जारी राख्न जरुरी रहेको बताए । उनले आफ्नो मुलुकको रक्षाका लागि सुधारका योजना कायम राख्ने र रक्षात्मक क्षमता बढाइने बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘उत्तर कोरियाका लागि अब धैर्य सकिएको छ ।’ उत्तर कोरियाबाट उत्पन्न खतरालाई सामना गर्न अमेरिकाले दक्षिण कोरिया, जापान र अन्य सहयोगी मुलुकसँग मिलेर कुटनीतिक, सुरक्षा र आर्थिक उपायमाथि चर्चा र आवश्यक गृहकार्य गरिरहेको उनले बताए । (एजेन्सी)