
पोखरा । पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडी अज्ञात समूहले एउटा सरकारी गाडिमा आगजनी गरेको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा. १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा आगजनी गरिएको हो ।
सरकारविरुद्ध आन्दोलन गर्दै आएको नेपाल विद्यार्थी संघका कार्यकर्ताले गाडि जलाएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्