
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने सुरु भएको छ ।
सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरभित्र सरकारी तथा निजीस्तरमा निर्माण गरिएका संरचना नगरपालिकाले डोजर लगाएर हटाउन थालेको हो ।
कृष्णनगरको लिङ गेटदेखि अतिक्रमण हटाउन सुरु गरिएको मेयर रजतप्रताप शाहले बताए ।
जिल्ला कै प्रमुख भन्सार तथा व्यापारिक केन्द्रमा सडक अतिक्रमण गरिएपछि आवतजावतमा निकै समस्या भएका थियो ।
अतिक्रमण हटाउने कार्यको सुरुवात कृष्णनगर भन्सार कार्यालयबाट गरिएको हो । त्यस क्रममा भन्सारको एउटा कोठा र पर्खालसमेत भत्काइएको छ ।
यस्तै लिङ गेट, प्रहरीको प्रतिक्षालय र पर्खाल, भन्सार क्लियर एजेन्ट बस्ने घरलगायतका ५ स्थानका अतिक्रमण हटाइएको कृष्णनगर नगरपालिकाका निमित्त कार्यालय प्रमुख राजप्रसाद त्रिपाठीले बताए । अतिक्रमण हटाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्