२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


0
Shares

काठमाडौं । सिमसार र जलवायु परिवर्तनमा केन्द्रीत रहेर विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाउन थालिएको हो ।

नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो । अहिले यो महासन्धीमा १ सय ६९ देश आवद्ध छन् । जमिन र पानीसहितको दलदल क्षेत्र नै सिमसार हो ।

यस्ता सिमसार क्षेत्रमा दुर्लभ चराको वासस्थान हुने गर्दछ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि र अनावृष्टिलाई पनि सन्तुलनमा राख्ने गर्छ ।

कैलालीको घोडाघोडी ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, कपिलवस्तुको जगदीशपुर ताल, गोसाईकुण्ड, विसहजारी ताल, माईपोखरी अनि पोखराका नौ वटै ताल सिमसार क्षेत्र हुन् ।

नेपालका सिमसार संरक्षणमा चुनौती बढ्दै गएको छ । जलवायु परिवर्तन र नदी दोहन, तालतलैयामा माछा मार्ने झालको निश्चित मापदण्ड कार्यान्वयन नहुँदा संरक्षणमा चुनौती बढेको विज्ञले बताएका छन् ।