४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


राष्ट्रपति मुनले अमेरिकासँग ‘चाप्लुसी’ गरेको उत्तर कोरियाको आरोप


0
Shares

उत्तर कोरियाली सरकारी दैनिक पत्रिका ‘रोडोङ सिनम’मा प्रकाशित मुनको भ्रमण समिक्षामा नयाँ दक्षिण कोरियाली सरकारले ‘कार्यभार सम्हाल्नु पहिले कुनै प्रष्ट नीतिबिना भ्रमण गरेर अमेरिकाबाट मानसिक दवाबको सामना’ गर्नुपरेको बताइएको छ ।

‘‘राष्ट्रपति मुनले अमेरिकाको पहिलो भ्रमणकै क्रममा कमजोर बिषयवस्तुसहित गएका कारण ‘चाप्लुसी तथा आत्मसमर्पण’ गर्नुपरेको’’ भनाई दक्षिण कोरियाली अधिकारीले खुलासा गरेको बताइएको छ ।

अब, उनीहरूको व्यबहारले कतै अमेरिकी पक्षधर नेतृत्वको अन्त्यहुने बेलाभएको त हैन भन्ने आशंका उब्जाएको पूर्व राष्ट्रपति पार्क ग्युन हेको शासनसत्तालाई देखाउदै जनाइएको छ ।

वर्तमान् राष्ट्रपति मुन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको भ्रमणमा दक्षिण कोरियामा अमेरिकी सैन्य गठबन्धनलाई थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । दुई नेताले उत्तर कोरियाको निरन्तरको आणविक हतियार मोहलाई लिएर प्योङयाङविरुद्ध कडा खालको प्रतिबन्ध लगाउने विषयमा सहमति गरेको बताइएको छ ।

उत्तर कोरियाले जति नै चर्को स्वरले कुरा गरेपनि यसले आफ्नो देशलाई कुनै असर नपर्ने जनाएको छ । रासस/ सिन्ह्वा