
अपडेट : काठमाडौं, असार १९ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
अहिलेसम्म २६० स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ११२ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९९ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३३ स्थानीय तहमा विजयी भएको छ ।
यस्तै, संघीय समाजवादी फोरमले ६ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले ५, राष्ट्रिय जनमोर्चाले २, राप्रपाले २ र एकजना स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जित हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्