४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


विवादित क्षेत्रमा अमेरिकाको युद्धपोत, चीन आक्रोसित


0
Shares

चिनियाँ अधिकारीहरुका अनुसार अमेरिकी युद्धपोत ‘युएसएस स्टीथम’ दक्षिण चीन सागरको ट्राइटन द्वीप नजिकै पुगेको हो । द्वीपबाट उक्त युक्तपोत १२ माइलको दुरीमा रहेको बताइएको छ ।

चीनले यसलाई ‘एक गम्भीर राजनीतिक र सैन्य हस्तक्षेप’ भनेको छ । राष्ट्रिय स्वायत्तता र सुरक्षाका लागि सबै आवश्यक कदम उठाउने पनि चीनले प्रष्ट पारेको छ ।

अमेरिकाले भने यसलाई ‘फ्रिडन र नेभिगेशन अप्रेशन’ भन्दै आएको छ । उक्त कार्यक्रम विश्वभरको समुद्री र हवाई क्षेत्रमा तमाम दाबीलाई चुनौति दिनका लागि अमेरिकाले संचालन गर्दै आएको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि दक्षिण चीन सागरको विवादित क्षेत्रमा अमेरिकी युद्धपोत पुगेको यो दोस्रो पटक हो । यसअघि मे महिनामा पनि अमेरिकी युद्धपोत विवादित क्षेत्रमा पुगेको थियो । (एजेन्सी)