
कतारले आतंकवादीलाई सहयोग गरेको, कतारी सरकारको लगानी रहेको अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने, इरानसँगको दूरी बढाउनुपर्ने, कतारमा रहेको टर्किस सेनाको अखडा बन्द गर्नुपर्ने उनीहरुको माग छ ।
माग पूरा नभए थप नाकाबन्दी सामना गर्न तयार रहन पनि उनीहरुले कतारलाई चेतावनी दिएका छन् । कतारले भने आरोपलाई अस्वीकार गर्दै आएको छ ।
कतारविरुद्ध नाकाबन्दीमा उत्रिएका मुलुकका विदेशमन्त्रीहरुले कतार गएर यस विषयको औपचारिक पत्र बुझाउने बताएका छन् । कतारका विदेशमन्त्री शेख मोहम्मद विनले १३ बँुदे सर्त अस्वीकार गर्दैै वार्तामा बस्न भने तयार रहेको बताएका छन् ।
अमेरिका र बेलायतले मागहरु तर्कसंगत, कार्यान्वयन गर्न सकिने र व्यवहारिक हुनुपर्ने बताएका छन् । कतार केही सातायता कडा कूटनीतिक र आर्थिक प्रतिबन्धको मारमा परेको छ ।
इरान र टर्कीले भने उसलाई खाद्यान्न र अरु सामग्री पठाइरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्