११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


कांग्रेसका प्रतिनिधि बाहिरिएपछि धरानमा मतगणना अवरुद्ध


0
Shares

मतगणना अव्यवस्थित भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि गणनास्थलमा नबसेपछि मतगणना अबरुद्ध भएको हो । धरानको ८ नम्बर वडाको मतगणना सकिएलगत्तै कांग्रेसले मतगणनास्थललाई व्यवस्थित गर्न माग गरेको हो ।

मतगणनालाई सुचारु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । धरानको १, २ र ५ नम्बर वडामा नेपाली कांग्रेसले जित हात पारेको छ भने ३, ४, ६, ७ र ८ मा नेकपा एमालेले विजय हासिल गरेको छ ।