काठमाडौं, माघ १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकता भएको छ ।
शुक्रबार राजधानीमा संयुक्तरुपमा घोषणासभा गरेर पार्टी एकता गरिएको हो ।
त्यसक्रममा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आधारपत्रमा हस्ताक्षर गरेका थिए ।
दुई राप्रपाबीचको एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र चुनाव चिह्न हलो राखिएको छ ।
त्यस्तै, महाधिवेशन नहुन्जेलसम्म राणा र लोहनी दुवैजना पार्टी अध्यक्ष रहनेछन् ।
पूर्णधार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीले अवलम्बन गर्ने आधारपत्रमा उल्लेख छ ।
पार्टी एकतासभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राणाले एकीकरण एकताको आरम्भमात्र भएको बताए ।
यस्तै, अर्का अध्यक्ष डा. लोहनीले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसिसकेको आरोप लगाए ।
एकता अस्वीकार
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्षहरु दीपक बोहरा, केशरबहादुर विष्टलगायत केही नेताले एकीकृत राप्रपा राष्ट्रवादीसँगको एकता अस्वीकार गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्