२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


नागरिकता विधेयक खारेजीको माग


0
Shares

काठमाडौं, माघ १८ । सरकारले संसदमा लगेको नागरिकता विधेयक खारेज गर्न माग गर्दै बुद्धिजीवीहरुले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले प्रस्तावित विधेयक राष्ट्रहीतमा नरहेको भन्दै शक्तिसम्पन्न उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्नसमेत माग गरेको छन् ।

ज्ञापनपत्र बुझाउनेक्रममा राष्ट्रिय जागरण परिषदका संयोजक साध्यबहादुर भण्डारीले नेपालको श्रमबजार भारतीयहरुको हातमा गइसकेको भन्दै ४० लाख भारतीयले नेपाली नागरिकता लिइसकेको बताए ।

यस्तै, सीमाक्षेत्र नियमन तथा व्यवस्थापन समन्वय समितिका अध्यक्ष हेमन्त सेढाइँले नागरिकतालाई अनिवार्य गर्ने राज्यको गलत नीतिका कारण नै भारतीयहरुको अतिक्रमण नेपालले भोगिरहेको बताए ।

यसअघि, उनीहरुले सभामुख कृष्णबहादुर महरालाईसमेत ज्ञापनपत्र बुझाइसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापनपत्र बुझाउने जनाएका छन् ।