२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


कक्षाकोठामा ‘राष्ट्रिय पोसाक’मा विद्यार्थी


0
Shares

काठमाडौं, माघ १८ । राष्ट्रिय पोसाकको महत्वबारे जनचेतना फैलाउन भन्दै राजधानीको काम्यक विद्यालयले शुक्रबार सबै विद्यार्थीलाई ‘राष्ट्रिय पोसाक’ लगाएर विद्यालयमा उपस्थित गराएको छ ।

राष्ट्रिय पहिरनबारे विद्यार्थी उमेरदेखि नै जानकारी गराउन योे अभियान सुरु गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विशेषगरी नयाँ पिँढीलाई परम्परागत संस्कृति र भेषभूषाबारे जानकारी गराउनुपर्ने दायित्व विद्यालयको भएको विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद भट्टराईले बताए ।