
काठमाडौं, असार १९ । कैलाश मानसरोवर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् ।
अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा करिब पाँच सय जना तिब्बती क्षेत्रमा र बाँकी हम्लाको सिमकोट तथा हिल्सामा रोकिएको जनाइएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति निकाली ५ सय २५ तीर्थयात्री सिमिकोट र ५ सय ५० हिल्सामा रोकिएको जनाएको हो ।
उनीहरुका लागि खाद्यान्न र बस्ने व्यवस्था मिलाउन आफ्ना प्रतिनिधि त्यसतर्फ गएको पनि दूतावासले जनाएको छ ।
उनीहरुलाई सुर्खेत, जुम्ला, मुगु हुँदै वा सेनाको हेलिकोप्टरबाट उद्दार गर्ने प्रयास भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्