Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


‘भेनेजुएलाको विवादमा नेपाल तटस्थ बस्नुपर्छ’


0
Shares

धनकुटा, माघ १८ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र स्थानीय तहसम्म नपुगेसम्म एकै व्यक्तिको वरिपरि घुमिरहने बताएका छन् ।

पार्टीको जनसंवाद अभियानकाक्रममा धनकुटा आइपुगेका संयोजक डा. भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनताले अधिकार आफूमा निहित रहेको नबुझ्दा लोकतन्त्र व्यक्ति वरिपरिकेन्द्रित भएको बताए ।

जनताले आफूलाई सार्वभौम महसुस नगरेसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने उनको भनाइ थियो ।

अर्को एक फरक प्रसंगमा डा. भट्टराईले भेनेजुएलाको विवादमा नेपाल तटस्थ बस्नुपर्ने सुझाव दिए ।