प्रदीप पौडेल (इमेज)
पोखरा, माघ १८ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध शुक्रबार पोखरामा प्रदर्शन गरेको छ ।
नेविसंघले पोखरा महानगरपालिकानजिक प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको हो ।
सरकारले जबर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कारलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्लादहन गरेको थियो ।











प्रतिक्रिया दिनुहोस्