
सर्लाही, माघ १८ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१० का दलित समुदायलाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको छ ।
रुपान्तरण नेपालको सहयोग र ईश्वरपुर नगरपालिकाको पहलमा यहाँका १ सय २० परिवारलाई कम्बल वितरण गरिएको हो । चिसोको समयमा न्यानो कम्बल पाउँदा स्थानीय भने निकै खुसी भएका छन् ।
रुपान्तरण नेपालले यसअघि पनि ग्रामीण भेगका विपन्न परिवारलाई लक्षित गर्दै विभिन्न सहयोग गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्