१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


विराटनगरमा काँग्रेसको अग्रता कायमै, कसको मत कति ?


0
Shares

प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले १३ हजार ९६१, नेकपा (एमाले)का विनोद ढकालले नौ हजार ९९७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ हजार ६१४ मत प्राप्त गरेका छन्।

त्यसैगरी, उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले १० हजार ७७८, नेकपा (माओवादी केन्द्र)की नमिता न्यौपानेले छ हजार ३७९ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले पाँच हजार ७२७ मत प्राप्त गरेकी छन् ।

सो महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, ५, १५, १६, १७, १८ र १९ गरी १० वटा वडाको मतगणना सम्पन्न भएको छ भने वडा नं ६ र १४ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस