१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


३१९ स्थानीय तहको परिणाम सार्वजनिकः एमाले १४२, कांग्रेस ११७, माओवादी ३८ मा विजयी


0
Shares

दोस्रो चरणमा ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन भएकामा बिहीबार दिउँसो साढे २ बजेसम्म ३१९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले १४२ स्थानीय तहमा प्रमुख/अध्यक्षमा विजय हासिल गरेको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म ११७ स्थानीय तहमा जित दर्ता गरेको छ भने नेकपा माओवादी केन्द्र ३८ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमले ७ स्थानमा जितेको छ भने नेपाल लोकतान्त्रिक फोरम पनि ६ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीनजना स्वतन्त्र उम्मेदवारले स्थानीय तहको प्रमुख/अध्यक्षमा जित हासिल गरेका छन् ।