
खाद्यान्न, पेट्रोलिय पदार्थलगायतका सामग्रीको अभाव चुलिएको छ । आन्दोलनका कारण दार्जिलिङलगायत आसपास क्षेत्रका बासिन्दा दैनिक आवश्यकताका सामग्री, पेट्रोलियम पदार्थ र इन्टरनेटका लागिसमेत ३० किलोमिटरसम्मको दूरी पार गरी इलामको पशुपतिनगरबजारमा आइपुगेको दार्जिलिङ अनलाइनले जनाएको छ ।
भारतले दार्जिलिङ र सिक्किममा निर्माण सामग्री पठाएपनि खाद्यान्न ढुवानीमा भने रोक लगाएको समाचार सार्वजनिक भएको छ ।
यता, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले चीन र बंगालबीच ‘स्यान्डविच’ बन्न आफूहरुले सिक्किम भारतमा नगाभेको भन्दै कडा प्रतिक्रिया दिएका छन् ।
सिलगुडीबाट निस्कने हिमालय दर्पणकाअनुसार चाम्लिङले सिक्किमले बंगाललाई पानी दिएको तर बंगालले सिक्किमको बाटो थुन्ने काम गरेको बताएका छन् ।
पश्चिम बंगाल सरकारले सबै विद्यालयमा बंगाल भाषा अनिवार्य पढाउनुपर्ने निर्णय गरेपछि दार्जिलिङमा आन्दोलन फेरि बल्झिएको हो ।
अबको एजेन्डा गोर्खाल्याण्डमात्र रहेको भन्दै त्यहाँका दलहरुले नयाँ आन्दोलनका कार्यक्रमको तयारी गरेका छन् ।
गोर्खाल्यान्ड बनाउने शर्तमामात्रै केन्द्र सरकारसँग वार्ता गर्न सकिने आन्दोलकारी दलहरुको अडान छ । आन्दोलनकाक्रममा तीनजनाको मृत्यु भइसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्