
तीन दिनदेखि प्रमुखका प्रत्यासी बड र प्रमुखका अर्का स्वतन्त्र प्रत्यासी गोपाल हमालबीच थोरै मतान्तरले प्रतिस्पर्धा हुँदै आएकामा बिहीबार मतान्तर बढेको हो ।
अपराह्नसम्म बडले ९ हजार ८७६ मत पाउँदा हमालले ९ हजार चार मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्रले सुरुदेखि नै आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै आएकी छन् । उनी साँझसम्म १२ हजार २२४ मतका साथ अग्रस्थानमा रहँदा नेकपा एमालेकी रुक्मिणी देवकोटाले ९ हजार १९३ मत पाएकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्