१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


झापाको शिवसताक्षी नगरपालिकामा एमाले विजयी


0
Shares

प्रमुखमा चन्द्रकुमार शेर्मा लिम्बूले १४ हजार ६८४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले ९ हजार ८५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा भोजकुमारी नेपालले १४ हजार ९६० मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जयकुमारी चेम्जोङले ९ हजार ३२४ मत प्राप्त गरिन् ।

योसँगै एमाले बिर्तामोड, कन्काई र भद्रपुर नगरपालिका तथा कमल गाउँपालिकामा विजयी भएको छ । अर्जुनधारा र दमक नगरपालिकामा पनि एमालेको अग्रता छ ।

झापाको गौरादह नगरपालिका र बाह्रदशी गाउँपालिकामा कांग्रेस विजयी भएको छ भने हल्दीबारी, कचनकवल र गौरीगन्ज गाउँपालिकामा राप्रपा विजयी भएको छ । कांग्रेसले मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा अग्रता लिएको छ ।

जिल्लाका १५ स्थानीय तहमध्ये अब मेचीनगर, दमक, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ । रासस