Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


मुख्यमन्त्रीलाई कालो झण्डा देखाउँदा जेल पुगेकी युवतीको आरोप– बलात्कारीसँगै राखियो


0
Shares

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कालो झण्डा देखाएको आरोपमा उनी २३ दिन जेलमा बसेकी हुन् ।

अपूर्वा भन्छिन्, ‘म र मेरो साथी जेलमा पुगेको दिनदेखि नै हामीसँग आतंकवादीलाई जस्तै व्यवहार गरियो । खान–पिउन प्रतिवन्ध, परिवारका सदस्यसँग भेट्न रोक लगाइयो ।’

जेलमा महिला वार्डेनसँग गुनासो गर्दा आफूहरुलाई तर्साउने गरेको जिकिर गर्दै उनले भनिन्, ‘तिमीहरुले गलत काम गरेका छौ, फाँसीको सजाय पनि हुन सक्छ भनेर हामीलाई तर्साउने काम गरियो ।’

आफू र आफ्नो साथी गरी दुईजना मात्र महिलालाई पुरुषसँग राखिएको उनको आरोप छ । उनले भनिन्, ‘हामीलाई बलात्कारी, चोर, गुण्डाहरुसँग राखिएको थियो, राति केही भइहाल्छ कि भनेर हामी सुत्न सक्दैनथ्यौं ।’

अपूर्वा राजनीतिक रुपमा समाजवादी पार्टीसँग निकट छिन् । उनलाई जेलमा समेत समाजवादी पार्टीका नेता मुलायम सिंह यादव भेट गर्न पुगेका थिए । (एजेन्सी)

Skip This