१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


शुक्रबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णय


0
Shares

काठमाडौं, माघ १७ । नेपाल चिकित्सक संघले शुक्रबार (भोलि) एक दिन  देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवाबाहेकका अरु सम्पूर्ण सेवा पूर्णरुपमा ठप्प पार्ने भएको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै सांकेतिक आन्दोलनस्वरुप शुक्रबार देशभरका सम्पूर्ण अस्पताल बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकार उदासीन भएकाले यस्तो कदम चाल्न बाध्य भएको पनि जनाउँदै संघले सरकारले अझैपनि बेवास्ता गरेमा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

छिटो वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्नसमेत संघले आग्रह गरेको छ ।