१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


३२७ स्थानीय तहको परिणाम सार्वजनिकः एमाले १४८, कांग्रेस ११८, माओवादी ३८ मा विजयी


0
Shares

दोस्रो चरणमा ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन भएकोमा शुक्रबार साँझ ५ बजेसम्म ३२७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले १४८ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले ११८ स्थानीय तहमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्र ३८ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमले ८ स्थानीय तहमा जित दर्ता गरेको छ भने नेपाल लोकतान्त्रिक फोरम ६ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीनजना स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।