१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


नगर कार्यसमिति र गाउँ कार्यपालिकाका लागि एमाले– माओवादीबीच तालमेल


0
Shares

रुपाकोट–मझुवागढी नगरपालिका, ऐसेलुखर्क, साकेला र बराहपोखरी गाउँपालिकामा नगर कार्यपालिका तथा गाउँ कार्यपालिका बनाउनेक्रममा एमाले र माओवादी केन्द्रले तालमेल गरेका हुन् ।

एमालेको स्पस्ट बहुमत भएपनि रुपाकोट–मझुवागढीमा दुई सदस्य माओवादी केन्द्रलाई दिएर नगर कार्यपालिका बनाइएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले बताए ।

ऐसेलुखर्क गाउँपालिकामा उपाध्यक्षमात्र जिते पनि बहुमत पाएको एमालेले अरु पालिकामा गरिएको तालमेलको सन्तुलन मिलाउनेक्रममा ४ सदस्य आफूले लिएर २ सदस्य माओवादी केन्द्रलाई दिएको छ ।

यस्तै, बराहपोखरी गाउँपालिकामा पनि उपाध्यक्ष जितेको एमालेले २ सदस्य माओवादी केन्द्रलाई दिएर गाउँ कार्यपालिका बनाइएको एमालेले जनाएको छ ।

अरुले तालमेल गर्दा पनि स्पस्ट बहुमत भएका कारण एमालेले जन्तेढुंगा, केपीलास र लामीडाँडा गाउँपालिकामा भने एकलौटी गाउँ कार्यपालिका बनाउने तयारी गरेको छ ।

निर्वाचन प्रक्रियामा गएपनि तीनओटै पालिकामा एमालेको स्पस्ट बहुमत रहेको छ । जिल्ला समन्वय समिति भने एमालेले एक्लै बनाउने जनाएको छ ।

रुपाकोट–मझुवागढी नगरपालिकाको कार्यपालिकाका ८ जना नगर कार्यसमितिका सदस्यहरुलाई शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले शपथ खुवाएको छ ।

नगर कार्यसमितिका सदस्यका लागि बिहीवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको आवेदन खुला गरिएको थियो । जसबाट एमाले र माओवादी केन्द्रको संयुक्त प्यालनबाट ८ जनालाई निर्वाचित गरिएको थियो ।

खोटाङको रुपाकोट–मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाको नगरकार्यपालिका र गाउँकार्यपालिकाको निर्वाचन सम्पन्न भइसकेको र हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, खोटेहाङ, दिप्रङ र बराहपोखरी गाउँपालिकाको नगरकार्यपालिका र गाउँकार्यपालिको निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताए ।