
काठमाडौं, माघ १७ । महानगरीय ट्रफिक प्रहरी महाशाखाले कलंकी–कोटेश्वर सडकखन्डमा हुने सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरेको छ ।
बिहीबार कलंकी–कोटेश्वर सडकखन्डमा पर्ने बालकुमारी, सातदोबाटो र बल्खुचोक गरी तीनओटा स्थानमा पदैलयात्रीहरुलाई ‘जेब्राक्रसिङ’ र आकाशेपुलको प्रयोग गराउने उद्देश्यले अभियान सुरु गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाका प्रमुख एसएसपी वसन्त पन्तले कलंकी–कोटेश्वर सडक सुरक्षित बनाउँदै दुर्घटना न्यूनीकरण गराउने उद्देश्यले अभियान सन्चालन गरिएको जानकारी दिनुभयो ।
एक हप्तासम्म चल्ने अभियानमा ट्राफिक प्रहरीले पैदलयात्रीलाई सडक वारपार गर्दा जेब्राक्रसिङको प्रयोग गर्ने, आकाशेपुल भएको स्थानमा आकाशेपुलको प्रयोग गर्ने, बाटो काट्दा सवारी–साधनको गति र अवस्था हेरेरमात्र बाटो काट्नेलगायतका विषयमा जानकारी दिइनेछ ।
ट्राफिक प्रहरी महाशाखाले यो सडकखन्डमा भएका त्रुटि र सुधार गर्नुपर्ने पक्षहरुका विषयमा सडक विभागलाई जानकारी गराएको छ ।
महाशाखाका प्रमुख एसएसपी पन्तले तत्कालका लागि पैदलयात्रीलाई सडक वारपार गर्न धेरै स्थानमा जेब्राक्रसिङ आवश्यक रहेको बताउँदै सडक विभागले तत्काल जेब्राक्रसिङ बनाउने बताए ।
यो सडकखन्ड गएको सोमबार चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्