
काठमाडौं, माघ १७ । अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै पेसागत विभिन्न संघ–संगठनहरुले बिहीबार प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघर मन्डलामा गरिएको प्रदर्शनमा डा. केसीसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, शैक्षिक संस्थामाथि राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, पेसागत हक, हीतको प्रत्याभूति हुनुपनलगायतका मागहरु पूरा गर्न आग्रह गरिएको थियो ।
सरकारलाई जिम्मेवार बनाउँदै डा. केसीका मागप्रति संवेदनशील गराउन प्रदर्शनमा उत्रिएको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्