Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


भानुजयन्तीमा राष्ट्रकवि–वाङ्मय शताब्दी पुरुषका निवाससम्म साहित्यिक दौड हुने


0
Shares

प्रतिष्ठानका तर्फबाट यसवर्ष विशेष आकर्षणका रुपमा साहित्यकार लक्ष्मण सापकोटालाई यही असार २८ गते राष्ट्रकवि माधव घिमिरेको निवास लैनचौर, काठमाडौंदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवास बखुंबहाल, ललितपुरसम्म भानुको पहिरनमा साहित्यिक दौड गराउने, असार ३० गते भानु संगीत लहरी र असार ३१ गते विशेष कविगोष्ठी कार्यक्रम राखेको प्रतिष्ठानका महासचिव ऋषभ घिमिरेले जानकारी दिए ।

प्रतिष्ठानले नेपाली जनकल्याण समिति कोलकाता र असम साहित्य सभाका पदाधिकारीलाई पनि भानुजयन्तीका अवसरमा निमन्त्रणा गरेको छ ।

समितिले १८ वर्षदेखि कोलकातामा भानुजयन्तीका साथ ‘बिहानी’ साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ ।

समितिका अध्यक्ष बद्रीविक्रम थापा, सचिव रामबहादुर थापा र नृत्यनिर्देशक दिलीप थापाले भानुजयन्तीका कार्यक्रममा सहभागिता जनाउने समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले जानकारी दिए । रासस