
पितामाथि भ्रष्टाचारको आरोपमा छानविन भइरहेका बेलामा प्रधानमन्त्री पुत्री मरियम शरिफले आइतबार ट्वीट गर्दै विपक्षी दलहरुलाई जवाफ दिएकी हुन् । उनले ट्वीट गरेकी छन्– ‘त्यो मर्द नै होइन, जो डराउँछ ।’
उनको सो ट्वीटलाई दुई हजार ८ सयले लाइक गरेका छन् भने दुई हजार ४ सयभन्दा बढीले प्रतिक्रिया जनाएका छन् । त्यसैगरी ८ सय ३९ जनाले रिट्वीट गरेका छन् ।
बहुचर्चित पनामा पेपर लिक मामलामा छानविन गरिरहेको संयुक्त अनुसन्धान टिम (जेआइटी) ले सोमबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने छ ।
तर अघिल्लो दिन प्रधानमन्त्री पुत्री मरियमको ट्वीटले विपक्षीहरुप्रति कडा प्रहार गरेको विज्ञहरु बताउँछन् । विदेशमा सम्पत्ती लुकाएको लगायतका आरोप प्रधानमन्त्री शरिफ र उनका परिवारमाथि लाग्दै आएको छ ।
विपक्षी दलहरुले प्रधानमन्त्री शरिफको राजीनामा माग गर्दै आएका छन् । तर प्रधानमन्त्री पुत्रीले भने ती आरोपको डटेर सामना गर्ने बताएकी हुन् । उनले अहिलेको अवस्थामा मुलुकमा सत्तारुढ दल पीएमएल (एन) को तुलनामा अर्को कुनै दल सक्षम नरहेको पनि बताएकी छन् ।
तहरिक ए इन्साफ पार्टीका प्रमुख इमरान खानले आइतबारमात्र प्रधानमन्त्री शरिफविरुद्ध कडा प्रतिक्रिया दिदैं शरिफ र उनका परिवारको भविष्य अब जेलमा सीमित रहने बताएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्