
इस्तानबुल शहरको सडकमा ४५० किलोमिटर लामो न्याय र्यालीमा सहभागिहरुले सरकारी दमनको खुलेर आलोचना गरे ।
गत वर्ष सेनाका केहीले गरेको असफल सत्ता विद्रोह ‘कू’ यता एर्दोगान सरकारले अन्धाधुन्ध धरपकड र दमनको बाढी नै ल्याएको भन्दै विपक्षी नेता केमाल किलिक्दारोग्लुले एर्दोगान सत्ताको आलोचना गरे ।
एर्दोगानले भने ¥यालीमा सहभागि हुनेलाई आतंकवादको समर्थक भन्दै आलोचना गरेका छन् ।
एर्दोगानले विपक्षी किलिक्दारोग्लु राजनीतिक विपक्षभन्दा बाहिर गएर आतंकवादी संगठनको लागि काम गर्न थालेको र यो देशद्रोह भएको आरोप लगाए ।
चार वर्ष यताकै सबैभन्दा ठूलो प्रदर्शनमा सहभागि भएकाले कू विरुद्ध एर्दोगानलाई समर्थन गर्नुको मतलब उनको स्वेच्छाचारितालाई साथ नदिएको बताएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गत वर्षको १५ जुलाईमा भएको असफल सत्ता विद्रोहपछि संसदको अधिकार हातमा लिँदै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार एक व्यक्तिको हातमा पुगेको नेता किलिक्दारोग्लु बताए ।
एर्दोगान सत्ताले ५० हजारभन्दा बढी व्यक्तिलाई धरपकड गरेको छ भने डेढ लाखभन्दा बढीलाई जागीरबाट बर्खास्ती गरेको छ ।
सांसद, एम्नेष्टी इन्टरनेशनलका अध्यक्षसहितका मानवअधिकारवादी, वरिष्ठ पत्रकार सयौंलाई बन्दी बनाइएकामा अन्तर्राष्ट्रियस्तरमा आलोचना भएपनि टर्की सरकारले सुनेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्