११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


चार गन्तव्यमा नेवानिको उडान स्थगित


0
Shares

भाडामा ल्याउन लागिएको भुटान एयरलाइन्सको जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बेंग्लोर र नयाँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ । यसबाट निगमले १ अर्ब रुपैयाँभन्दा बढी रकम नोक्सानी व्यहोर्नुपर्नेछ ।

निगमले हाल उडान गरिरहेको बोइङ–७५७ जहाज सी–चेकका लागि सिंगापुर पठाउँदैछ । यसै साता पठाउन लागिएको उक्त जहाजको चेकिङका लागि २ महिना लाग्नेछ ।

उक्त जहाजले उडान गरिरहेका गन्तव्यका लागि निगमले ग्लोबल टेन्डर आह्वान गरेर भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने तयारी गरिरहेको थियो । तर सम्झौताको अन्तिम तयारी भइरहेका बेला प्राधिकरणले रोक लगाएको हो । –कारोबार दैनिकबाट