५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


तनाव फेरि बल्झने संकेत, ३० जना अमेरिकी कूटनीतिज्ञ निश्कासन गर्ने रुसको तयारी


0
Shares

रुसले अमेरिकी नाकाबन्दीको बदलामा करिब ३० जना अमेरिकी कूटनीतिज्ञलाई निश्कासन गर्ने तयारी गरेपछि यस्तो स्थिति देखिएको हो ।

रुसी अधिकारीहरुकाअनुसार कूटनीतिज्ञ निश्कासनसँगै उनीहरुको सम्पत्ति जफत गरिनेछ ।

रुसी विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै रुसी समाचार दैनिक ‘इज्भेस्टिया’ले यो समाचार सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

गत डिसेम्बरमा ओबामा प्रशासनले ३५ जना रुसी कूटनीतिज्ञलाई निश्कासन गरेको थियो । अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोप लागेपछि यो कदम चालिएको थियो ।

यसपछि रुसमाथि अमेरिकाले विभिन्न नाकाबन्दी लगाएको छ । रुसले भने आरोप अस्वीकार गर्दै आएको छ । तर, अमेरिकामा यसबारे अनुसन्धान जारी छ ।

जुलाई ७ मा जर्मनीमा सम्पन्न जी २० सम्मेलनकाक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको थियो ।