प्रहरीले सानो भर्याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।
शेरचनले बिक्री गरेको आरटीसी ब्रान्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
स्रोतका अनुसार प्रहरीको १ नम्बर गणले शेरचनको स्वयम्भु सानो भर्याङमा रहेको पसलबाट किनेको चामल अरर्रो भएपछि अनुसन्धान अघि बढाएको थियो ।
चामल फुट्नुको साटो बल उफ्रिएझैं उफ्रिएपछि काठमाडौं परिसरले अनुसन्धान अघि बढाउँदै शेरचनको गोदाममा छापा मारेको हो ।
काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले शेरचनको गोदाममा शिलबन्दी गरी चामल परीक्षणका लागि खाद्य अनुसन्धानमा पठाउने तयारी गरेको जानकारी दिए । –नागरिक दैनिकबाट





प्रतिक्रिया दिनुहोस्