
काठमाडौं, माघ १६ । २२ दिनदेखि अनशनरत्डा . गोविन्द केसीको सर्मथनमा बुधबार पनि चिकित्सकहरुले रिले अनशन जारी राखेका छन् ।
नेपाल चिकिसक संघको आह्वानमा सोमबारदेखि सुरु रिले अनशनमा चिकित्सकहरुको सहभागिता भने निकै न्यून छ ।
संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछिमात्र आफूहरुले आन्दोलन चर्काउने बताए ।
पछिल्ला दिनहरुमा डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।
छाती र मुटुमा समस्या देखिएको भन्दै उनको उपचारमा संलग्न चिकित्सकहरुले डा. केसीलाई तत्काल आइसीयुकक्षमा राख्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्